नेपालगञ्ज विमानस्थलबाट आपतकालीन उडान « Khabarhub

नेपालगञ्ज विमानस्थलबाट आपतकालीन उडान


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

राँझा- जाजरकोट र रुकुम पश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा नेपालगञ्जको राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् ।

सेनाको हेलिकप्टरले जाजरकोट र रुकुम पश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ ।

सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको जहाज आइतबार अवतरण गरेको छ । उक्त जहाजले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री ल्याएको थियो ।

उक्त जहाजमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामग्री रहेका छन् । उक्त जहाजले ल्याएको आपतकालीन सामग्रीलाई सेनाको हेलिकोप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पुर्‍याइने छ ।

घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया