महोत्तरीमा तिहारलाई फूल पर्याप्त « Khabarhub

महोत्तरीमा तिहारलाई फूल पर्याप्त


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

बर्दिबास- यसपाली तिहारमा बर्दिबास नगरक्षेत्रमा सयपत्री फूल पर्याप्त हुने भएको छ । बर्दिबास–६ स्थित बर्दिबास कृषि कार्यक्रमको नमूना कृषि गाउँ मोडल एग्रो भिलेजको प्लटमा प्रशस्त फूल फुलेपछि यहाँ फूल पर्याप्त हुने भएको हो । करिब एक बिघा (१९ कठ्ठा १० धुर) क्षेत्रफलमा सयपत्री ढकमक्क फुलेपछि फूल पर्याप्त हुने आँकलन गरिएको हो ।

नमूना कृषि गाउँको कूल ८४ बिघा क्षेत्रफलमध्ये व्यावसायिक कृषि प्रवद्र्धनका लागि छुट्याइएको साढे सात बिघा (सात बिघा १० कठ्ठा) क्षेत्रफलभित्र व्यावसायिक स्रोत संस्था सिलभर लाइन एग्रो प्रालिले यसपाली तिहार लक्षित फूलखेती गरेको हो ।

“यसपालिको तिहारमा यता ओरपरलाई हाम्रै उत्पादनको फूलले पुग्छ”, संस्थाका स्रोत व्यक्ति साधुरामसिंह बस्न्यात भन्छन् । नगरक्षेत्रका सर्वसाधारणले पनि घरआँगनमा प्रसस्तै फूल लगाएका र नमुना गाउँमा उत्पादित फूलले यहाँको माग पूरा गर्ने बस्न्यातको भनाइ छ ।

“बस्तीबस्तीमा सर्वसाधारणले पनि फूल लगाएका छन्, हाम्रो प्लटमा पनि अहिले मज्जाले फूल फुलेको छ”, उनी भन्छन्, “अब बर्दिबास मात्र नभएर वरपरका अन्य गाउँ/नगर बस्तीलाई पनि फूलका लागि बाहिरी बजारको मुख ताक्नु पर्दैन ।” व्यावसायिक कृषि प्रवद्र्धनको प्लटमा अहिले ३४ हजार सयपत्रीका बिरुवामा फूल फुलेका छन् ।

आजदेखि फूल टिप्न थालिएको संस्थाले जनाएको छ । अब फूल टिप्ने, माला गाँस्ने र सुरक्षित भण्डारण गरेर लक्ष्मीपूजाका दिन वितरण थालिने बस्न्यातले बताए । स्थानीय मागबाट उम्रने फूल र माला काठमाडौँ पठाइने तयारी गरिएको बस्न्यातको भनाइ छ । संस्थाले बर्दिबास नगरक्षेत्रका बासिन्दालाई नगर कार्यपालिकाको कार्यालयको समन्वयमा सुलभ मूल्य तोकेर फूलमाला उपलब्ध गराउने जनाएको छ ।

संस्थाले तिहार लक्षित ३० हजार माला बनाउने लक्ष्य राखेको छ । नमूना कृषि गाउँको व्यावसायिक कृषि प्रवद्र्धन कार्यक्रमलाई छुट्याइएको जग्गा बर्दिबास नगर कार्यपालिकाको कार्यालयले आधुनिक कृषिको अधिकतम विशेषतायुक्त प्रविधि प्रदर्शन, अध्ययन र परीक्षणका लागि सिलभर लाइन एग्रो प्रालिलाई २० वर्षे सम्झौताअनुसार उपलब्ध गराएको हो ।

संस्थाले कृषि प्रविधि प्रसारका लागि हरितगृह निर्माणको कार्य अन्तिम चरणमा पुर्‍याएको छ । यसभित्र अहिले १० कठ्ठा क्षेत्रफलमा १४ हजार काउली कोभी र छ हजार डच जेनिटिस जातका काँक्राका बिरुवा हुर्कदै छन् । अत्याधुनिक चिनियाँ कृषि प्रविधिअनुसार हरितगृह भवनभित्रै लगाइएका यी तरकारीको उत्पादनभने संयुक्त अरब इमिरेट्स (दुबई) र हल्याण्डको बजारमा पुग्ने स्रोतव्यक्ति बस्न्यातले जानकारी दिए ।

यसबाहेक हरितगृह भवनभित्रै विभिन्न जातका तरकारी नर्सरी, फ्रुट भेजिटेवल युनिटमा काँचै चपाएर खाइने सलाद प्रयोजनका तरकारी र १० कठ्ठा क्षेत्रफलमा खुला गोलभेडा खेती गरिएको छ । व्यावसायिक कृषि प्रवद्र्धन कार्यक्रमभित्रै छुट्टै १२ बिघा क्षेत्रफलमा माछा पोखरी निर्माणको योजना भए पनि यो काम भने विभिन्न अड्चनले अघि बढ्न नसकेको स्रोत संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : ३० बजे

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न