आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च « Khabarhub

आठबीसकोटमा राहतसँगै मृतकका परिवारलाई किरिया खर्च


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आठबीसकोट- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले राहतसँगै मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । शुक्रबार राति जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पमा परेका आठबीसकोट नगरपालिकाका पीडित परिवारलाई राहत साम्रमी तथा मृतकका परिवारलाई  किरिया खर्च उपलब्ध गराइएको हो ।

आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार अन्य ५६ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ । सोअन्तरगत चामल, दाल, नून, तेल, चाउचाउ, बिस्कुटलगायत बस्नका लागि पीडित परिवारलाई त्रिपाल उपलब्ध गराइएको छ ।

मृत्यु भएका पाँच परिवारलाई आइतबार राहतसँगै किरिया खर्च उपलब्ध गराइएको हो । बाँकी मृतकका परिवारलाई आज प्रभावित क्षेत्रमा पुगेर राहतसँगै किरिया खर्च दिइने नगर प्रमुख केसीले जानकारी दिए । मृतकका परिवारको सङ्ख्या आठबीसकोटमा २४ रहेको छ । बाँकी १९ घरपरिवारलाई राहत सामग्री वितरण गरिए पनि किरिया खर्च दिन बाँकी रहेको उनले जानकारी दिए ।

आइतबारबाट सुरु गरिएको राहत वितरण कार्यक्रम जारी छ । नगरपालिकालाई विभिन्न ठाउँबाट सङ्घ संस्थाबाट राहत सामग्री आउने क्रम जारी रहेको नगरपालिकाको जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार नगरपालिकालाई प्राप्त भएको राहत सागग्री प्राप्त गरेर प्रभावित क्षेत्रमा पठाउने गरिएको छ ।

राहत वितरणका लागि कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम लगायतको समूहले आठबीसकोटको भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरिहेको छ । भूकम्पले जिल्लाको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षतिसँगै भौतिक संरचना ठूलो क्षति पु¥याएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : ३३ बजे

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

एजेन्सी– सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि