समाजवादी मोर्चाद्वारा भूकम्पपीडितलाई सहयोग गर्न आग्रह « Khabarhub

समाजवादी मोर्चाद्वारा भूकम्पपीडितलाई सहयोग गर्न आग्रह


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख  प्रकट गरेको छ ।

मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नाका साथै पीडितलाई गाँस, बाँस, कपास र पुनःस्थापनाका लागि राहात उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

पीडितको उद्धार तथा आवश्यक उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको उक्त विज्ञप्तिमा तीनै तहका सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सह्राना गरिएको छ ।

विज्ञप्तिमा मोर्चा आवद्ध दल त्यसका सबै कमिटीलाई उद्वारकार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ । विपतको बेलामा सबै प्रकारका सहयोग तथा राहतको व्यवस्था गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह पनि गरिएको छ ।गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ३ : ०० बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने