नेप्से परिसूचक दोहोरो अङ्कले उकालो | Khabarhub Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले उकालो


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने  तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।

कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो ।

सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०, हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलब ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलब ९३, आशा लघुवित्त छ दशमलब १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलब ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ८२ प्रतिशतले कमाएका छन् ।

यस्तै, लक्ष्मी लघुवित्त चार दशमलब २८, विन नेपाल लघुवित्त तीन दशमलब ९९, एनआईसी एशिया लघुवित्त तीन दशमलब ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलब शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलब ४० प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ३५ बजे

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले

यो साताका २० तस्बिर

कञ्चनपुरस्थित महाकाली नदी माथिको चार लेनको पक्की पुल । उक्त

माओवादीको भविष्य : पतन कि पुनरागमन ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सशस्त्र द्वन्द्व त्यागेर २०६३

यक्ष प्रश्न : सुखी को हो ? सबैभन्दा आश्चर्यको कुरा के हो ?

एक दिनको कुरा हो । पाण्डवहरू बिहानको खानपिन सकेर जङ्गलको

‘जेड प्लान्ट’ के हो ? किन रोपिन्छ ? 

हामी धेरैका घरमा विभिन्न थरीका बिरुवाहरू तथा फुलहरू लगाउने गरिएको