दोस्रो चरणको विश्वकप छनोट खेल्न फुटबल टोली प्रशिक्षणमा व्यस्त « Khabarhub

दोस्रो चरणको विश्वकप छनोट खेल्न फुटबल टोली प्रशिक्षणमा व्यस्त


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त छ ।

दोस्रो चरणअन्तर्गत नेपालले यमन र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ भने मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसँग खेल्ने छ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि राम्रो तयारी भइरहेको बताए ।

त्यस्तै, राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले बन्द प्रशिक्षणमा बसेको १५–२० दिनमा तयारी राम्रो भइरहेको बताए । लाओससँगको खेलेबाहेक केही नयाँ खेलाडीहरु टिममा रहेको र उनीहरु पनि सेट भइसकेकाले राम्रो नजिता आउने उनको विश्वास छ ।

यसअघि नेपालले प्रारम्भीक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : ३० बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल