दोस्रो चरणको विश्वकप छनोट खेल्न फुटबल टोली प्रशिक्षणमा व्यस्त | Khabarhub Khabarhub

दोस्रो चरणको विश्वकप छनोट खेल्न फुटबल टोली प्रशिक्षणमा व्यस्त


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त छ ।

दोस्रो चरणअन्तर्गत नेपालले यमन र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ भने मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसँग खेल्ने छ । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि राम्रो तयारी भइरहेको बताए ।

त्यस्तै, राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले बन्द प्रशिक्षणमा बसेको १५–२० दिनमा तयारी राम्रो भइरहेको बताए । लाओससँगको खेलेबाहेक केही नयाँ खेलाडीहरु टिममा रहेको र उनीहरु पनि सेट भइसकेकाले राम्रो नजिता आउने उनको विश्वास छ ।

यसअघि नेपालले प्रारम्भीक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : ३० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको