बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा | Khabarhub Khabarhub

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको जम्मा रु १६ लाख ८० हजार निकासा भएको हो ।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले एक रजत र तीन कांस्यपदक जितेको थियो । सुष्मा तामाङले नेपाललाई रजत पदक दिलाएकी थिइन् भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए ।

सुष्माले रु छ लाख तथा बाँकी तीन खेलाडीले जनही रु तीन लाख नगद पुरस्कार पाउनेछन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही रु एक लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार पनि निकासा गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ५३ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो