बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा « Khabarhub

बक्सिङको १६ लाख ८० हजार नगद पुरस्कार निकासा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी र प्रशिक्षकको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।

खेलकुद विकास नियामवली–२०७९ मा व्यवस्था भए बमोजिमको नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको जम्मा रु १६ लाख ८० हजार निकासा भएको हो ।

गत जनवरीमा भएको प्रतियोगितामा नेपालले एक रजत र तीन कांस्यपदक जितेको थियो । सुष्मा तामाङले नेपाललाई रजत पदक दिलाएकी थिइन् भने हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए ।

सुष्माले रु छ लाख तथा बाँकी तीन खेलाडीले जनही रु तीन लाख नगद पुरस्कार पाउनेछन् । प्रशिक्षक दीपक महर्जन र सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले जनही रु एक लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

केही दिनअघि अर्थ मन्त्रालयले विभिन्न समयमा भएका क्रिकेटका तीन अन्तर्राष्ट्रिय प्रतियोगिताको पूर्वघोषित नगद पुरस्कार पनि निकासा गरेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ५३ बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक