एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने « Khabarhub

एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । जारी लिगमा ३ खेलबाट अपराजित रहँदै पोखरा ५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । यस्तै ३ अङ्क रहेको इलाम छैटौँ स्थानमा छ ।

यसअघिको खेलमा पोखराले ललितपुर र झापासँग बराबरी खेलेको थियो भने चितवनलाई हराएको थियो ।

यस्तै, इलामले काठमाडौँ र बुटवलसँग हार बेहोरेको थियो भने झापालाई पराजित गरेको थियो ।

नौ टोली सहभागि लिगमा तीन खेलबाट ७ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहेको छ । ललितपुर ६ अंकका साथ दोस्रो तथा काठमाडौँ रेजर्स तेस्रो स्थानमा छ । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : २१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर