‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म « Khabarhub

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक सफल मानिन्छन् । अहिलेसम्म बलिउडका चार फिल्म मात्रै ‘पाँच सय करोड क्लब’ प्रवेश गरेका छन् । 

बलिउडका किङ खान शाहरुखका दुई फिल्मलाई ‘पाँच सय करोड क्लब’ को सफल मिलेको छ । बलिउडका ‘स्टार’ उनै मात्र हुन् जसको दुई फिल्मले यो सफलता हात परेको छ । यसै वर्ष प्रदर्शनमा आएका ‘पठान’ र ‘जवान’ले यो रेकर्ड राखेका हुन् । 

त्यस्तै, ‘पाँच सय करोड क्लब’मा सन्नी देवलको गदर–२ ले पनि स्थान पाएको छ  । सबैभन्दा यो आँकडा पार गर्ने फिल्म प्रभासको बहुबली–२ हो ।

‘पाँच सय करोड क्लब’मा पनि शाहरुखकै राज

शाहरुखको जवान सबैभन्दा कम १३ दिनमा ‘पाँच सय करोड क्लब’मा प्रवेश गर्ने फिल्म हो । दोस्रो कम समयमा यो सफलता हात पार्ने फिल्म पनि शाहरुखकै पठान हो । बक्स अफिसमा यो सफलतामा पनि शाहरुखकै राज भएको पाइन्छ । 

त्यस्तै, गदर–२ ले २४ दिनमा यो आँकडा पार गरेको थियो । प्रभासको बहुबलीले यो सफलता हात पार्न ३४ दिन लगायो । 

कुन हिरोइनले पाए यो सफलता ?
अनुष्का शेट्टी बहुबली–२ की हिरोइन हुन् । फिल्ममा प्रभासको जोडीको भूमिकामा देखिएकी थिइन् । उनले पनि यो सफलताको महसुस गर्न पाएकी छिन् ।

त्यस्तै, पठानकी नायिका दीपिका पादुकोणले यो सफलता हात पारेकी छिन् । अमिसा पटेल गदर–२ बाट यो सफलताको हिस्सा लिन सफल भएकी छिन् । जवानकी नायिका नायन्थाराले यो सफलतामा स्थान बनाएकी छिन् । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ४९ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा