‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म « Khabarhub

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक सफल मानिन्छन् । अहिलेसम्म बलिउडका चार फिल्म मात्रै ‘पाँच सय करोड क्लब’ प्रवेश गरेका छन् । 

बलिउडका किङ खान शाहरुखका दुई फिल्मलाई ‘पाँच सय करोड क्लब’ को सफल मिलेको छ । बलिउडका ‘स्टार’ उनै मात्र हुन् जसको दुई फिल्मले यो सफलता हात परेको छ । यसै वर्ष प्रदर्शनमा आएका ‘पठान’ र ‘जवान’ले यो रेकर्ड राखेका हुन् । 

त्यस्तै, ‘पाँच सय करोड क्लब’मा सन्नी देवलको गदर–२ ले पनि स्थान पाएको छ  । सबैभन्दा यो आँकडा पार गर्ने फिल्म प्रभासको बहुबली–२ हो ।

‘पाँच सय करोड क्लब’मा पनि शाहरुखकै राज

शाहरुखको जवान सबैभन्दा कम १३ दिनमा ‘पाँच सय करोड क्लब’मा प्रवेश गर्ने फिल्म हो । दोस्रो कम समयमा यो सफलता हात पार्ने फिल्म पनि शाहरुखकै पठान हो । बक्स अफिसमा यो सफलतामा पनि शाहरुखकै राज भएको पाइन्छ । 

त्यस्तै, गदर–२ ले २४ दिनमा यो आँकडा पार गरेको थियो । प्रभासको बहुबलीले यो सफलता हात पार्न ३४ दिन लगायो । 

कुन हिरोइनले पाए यो सफलता ?
अनुष्का शेट्टी बहुबली–२ की हिरोइन हुन् । फिल्ममा प्रभासको जोडीको भूमिकामा देखिएकी थिइन् । उनले पनि यो सफलताको महसुस गर्न पाएकी छिन् ।

त्यस्तै, पठानकी नायिका दीपिका पादुकोणले यो सफलता हात पारेकी छिन् । अमिसा पटेल गदर–२ बाट यो सफलताको हिस्सा लिन सफल भएकी छिन् । जवानकी नायिका नायन्थाराले यो सफलतामा स्थान बनाएकी छिन् । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ४९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ