उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् ।

उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या आएपछि हिजो राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए ।

उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो ।

श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरेको गृहमन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उपचार गएिको थियो ।

भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : १८ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले