एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी « Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल नासरका अब्दुलरहमान घारिब र इस्तिकोलका  अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले टोलीलाई अग्रता दिलाएको भए पनि यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍याे । खेलको ५०औँ मिनेटमा अल नासरका घारिबले गोल गर्दै टोलीलाई हार हुनबाट जोगाए ।

यो खेलको बराबरीसँगै अल नासर ६ खेलबाट १४ अंकसहित शीर्षस्थानमा यथावत छ । ३ अंक रहेको इस्तिकोल समूह तालिकाको पुछारमा छ । दोस्रो स्थानमा रहेको पर्सेपोलिसको ८ अंक छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५२ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो