एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी | Khabarhub Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासरइस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल नासरका अब्दुलरहमान घारिबइस्तिकोलका  अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले टोलीलाई अग्रता दिलाएको भए पनि यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍याे । खेलको ५०औँ मिनेटमा अल नासरका घारिबले गोल गर्दै टोलीलाई हार हुनबाट जोगाए ।

यो खेलको बराबरीसँगै अल नासर ६ खेलबाट १४ अंकसहित शीर्षस्थानमा यथावत छ । ३ अंक रहेको इस्तिकोल समूह तालिकाको पुछारमा छ । दोस्रो स्थानमा रहेको पर्सेपोलिसकोअंक छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५२ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार