रास्वपाको सचिवालय बैठक बस्दै « Khabarhub

रास्वपाको सचिवालय बैठक बस्दै


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।  

बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपा सचिवालयमा १३ जना सदस्य रहेका छन् ।

रास्वपाले विभिन्न प्रदेशमा गर्न लागेको प्रशिक्षण तथा अन्तरक्रियाका लागि पदाधिकारी र केन्द्रीय सदस्य परिचालनको विषयमा छलफल गर्नका लागि बैठक डाकेको बुझिएको छ ।

यसअघि यही मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले थप गरेका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने कार्यक्रम रहेको छ ।

रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुंग्याइसकेको छ भने एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनित गरेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको