रास्वपाको सचिवालय बैठक बस्दै « Khabarhub

रास्वपाको सचिवालय बैठक बस्दै


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।  

बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । रास्वपा सचिवालयमा १३ जना सदस्य रहेका छन् ।

रास्वपाले विभिन्न प्रदेशमा गर्न लागेको प्रशिक्षण तथा अन्तरक्रियाका लागि पदाधिकारी र केन्द्रीय सदस्य परिचालनको विषयमा छलफल गर्नका लागि बैठक डाकेको बुझिएको छ ।

यसअघि यही मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले थप गरेका केन्द्रीय सदस्यहरूलाई दिउँसो साढे तीन बजे शपथ गराउने कार्यक्रम रहेको छ ।

रास्वपाले दुई उपसभापति, महामन्त्री, तीन सहमहामन्त्री, कोषाध्यक्ष, दुई जना सहकोषाध्यक्ष र तीन जना सहप्रवक्ताको कार्यविभाजन टुंग्याइसकेको छ भने एक उपसभापति, दुई सहमहामन्त्री, एक–एक कोषाध्यक्ष र सहकोषाध्यक्ष तथा तीन जना सहप्रवक्ता मनोनित गरेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ११ : ०२ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर