प्रहरीद्वारा ३३ बोरा चिनी बरामद « Khabarhub

प्रहरीद्वारा ३३ बोरा चिनी बरामद


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काभ्रे– इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी बरामद गरेको छ । 

काभ्रेको रोशी गाउँपालिका–९ स्थित बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबाहक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

घटनाक्रमले बीपी राजमार्गमार्फत पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्विन्टल चिनी बरामद गरेको थियो ।

प्रहरीले कात्तिक पहिलो साता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

बीपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १२ : ५६ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित