डुम्रे-बेँसीसहर-चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत « Khabarhub

डुम्रे-बेँसीसहर-चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

डुम्रेडुम्रे–बेँसीसहर- चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन् । दुई लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्र गरिएको उनले बताएका छन् ।

भानु-३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्र गरिसकिएको अधिकारीले बताएका छन् । भानु–१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रका लागि सम्याउने र पुरानो कालोपत्र हटाउने काम भइरहेको उनले बताए । असार मसान्तसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको उनले बताए ।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ । उनले भने, ‘केही स्थानमा कालोपत्रका लागि तयारी भइरहेको छ, केही स्थानमा ‘लेबलिङ’को काम भइरहेको छ, यतिबेला कामले गति लिएको छ ।’

यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्र गरिने अधिकारीले बताए। कूल आठ किलोमिटरमध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्र सकिएको र दुई किलोमिटर दुईपत्र कालोपत्र गरिसकिएको उनले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ ।

एम-एस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ । विसं २०७८ वैशाख २२ मा ठेक्का सम्झौता भई विसं २०७८ वैशाख २९ मा सडक स्तरोन्नतिको कार्य प्रारम्भ भएको थियो । विसं २०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्र सम्पन्न गर्ने गरी ३८ करोड नौ लाख ८६ हजार चार सय ९२ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको मितिसम्म सडक स्तरोन्नतिको काम गरिसक्नुपर्ने भए पनि पूरा भने भएन ।

यस योजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो । ठेक्का सम्झौताको मिति सकिँदासम्म ७० प्रतिशत मात्रै काम सकिएपछि समय थप गरिएको अधिकारीले जानकारी दिए। उनले भने, ‘सम्झौताको मिति सकियो, तर कालोपत्र सकिएन, काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ ।’ करिब ३० प्रतिशत काम पूरा गर्न अझै बाँकी रहेको उनले बताए ।

यो सडक खण्ड हिमाली जिल्ला मनाङको मेरुदण्डको स्थलमार्गका रुपमा रहेको छ । तनहुँतर्फको काम तीव्र भइरहेको छ भने लमजुङ र मनाङतर्फका सडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको सो कार्यालयले जनाएको छ । यस सडक खण्डको तनहुँतर्फ कालोपत्र सकिएपछि सहज रुपमा यात्रा गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  २ : १६ बजे

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी

कांग्रेसद्वारा कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको यही पुस १२ गते

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने