राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत | Khabarhub Khabarhub

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  जानकारी दिए । 

बैठकमा राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापनालगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गरेका उनले बताए । 

प्रवक्ता श्रेष्ठका अनुसार उक्त ड्राफ्टमाथि प्रारम्भिक छलफल सुरु भएको र अन्य एजेण्डामाथि छलफल हुने क्रम जारी छ। अर्को बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उनले बताए । 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग