‘एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक र रहस्यमय’ « Khabarhub

‘एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक र रहस्यमय’


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएको बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस विषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताएका छन् । सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने उनले बताएका छन्  ।

प्रवक्ता सापकोटाले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि समय समयमा समीक्षा गर्नुपर्ने जिकिर गरे । उनले जनतालाई भ्रममा पारेर व्यवस्थाबिरुद्धको आन्दोलन सफल हुन नसक्ने दावी गरे । 

उनले वर्तमान सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको जिकिर गरे ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र