सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी « Khabarhub

सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच साझेदारी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्रबीच कृषि क्षेत्रमा सहयोग आदानप्रदानबारे साझेदारी भएको छ । बुधबार नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र सुधार केन्द्रका महानिर्देशक ब्राम गोवर्टले दश वर्षे सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कृषि क्षेत्रको उत्पादन र व्यवस्थित बजारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो साझेदारी गरिएको हो । यसले नेपालको कृषि क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस केन्द्रले लामो समयदेखि विश्वव्यापी रूपमा कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको छ ।

यस साझेदारीले कृषि विकास रणनीति (सन् २०१५–२०३५) मा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ४ : ५३ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने