१० वर्ष पुरानो मुद्दाबाट छुटकारा पाउँदै हनी सिंह « Khabarhub

१० वर्ष पुरानो मुद्दाबाट छुटकारा पाउँदै हनी सिंह


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित भारतीय र्‍यापर हनी सिंहले १० वर्ष पुरानो मुद्दामा सफाइ पाउने भएका छन् ।

सामाजिक अभियन्ता परविन्दर सिंहले ‘मैं हु बलात्कारी’ गीतलाई लिएर हनीविरुद्ध ‘एफआईआर’ दर्ता गरेका थिए । गीत सार्वजनिक भएपछि यसमा प्रयोग भएका शब्दका कारण हनी विवादमा परेका थिए । पञ्जाब सरकारले उक्त एफआईआर रद्द गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म मुद्दा किनारा नलागेपछि यसअघि हनी हरियाणा उच्च अदालत पुगेका थिए । त्यसपछि अदालतले पञ्जाब सरकारसँग हनीलाई कारबाही गर्नुपर्ने अवस्थाबारे सात दिनभित्र जवाफ दिन भनेको थियो ।

सरकारले अदालतलाई हनीविरुद्धको मुद्दा खारेज गर्ने प्रतिवेदन तयार पारेको जवाफ दिएको छ । यसको अर्थ उनले यो मुद्दाबाट छिटै छुटकारा पाउने भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले उल्लेख गरेको छ ।

हनीको दाबी

‘मैं हु बलात्कारी’ गीत आफूले नगाएको हनी सिंहको दाबी छ । निवेदनमा उनले अरु कुनै व्यक्तिले यो गित सार्वजनिक गरेको दाबी गरेका छन् ।

सोही कारण आफूविरुद्ध परेको एफआईआर रद्द हुनुपर्ने उनको माग थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ५ : ५१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय ?

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा– नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको संवाद

पोखरा– शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक,