महिलालाई यौन व्यवसायमा लगाउने १० एजेन्ट पक्राउ « Khabarhub

महिलालाई यौन व्यवसायमा लगाउने १० एजेन्ट पक्राउ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन्।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८- ८९ मा यौन व्यवसायमा महिलाहरुलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९-८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन्। यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।

चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारूका अनुसार एजेन्टहरुले चितवनका विभिन्न होटलहरूमा यौनव्यवसाय गराएको  आरोपमा पक्राउ परेका हुन्। उनले उनीहरूले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन्। 

चितवनमा गत वर्ष १८ वर्षमूनिका यौनव्यवसायमा लगाएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : १३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,