शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी हुन्छ : गर्भनर अधिकारी « Khabarhub

शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी हुन्छ : गर्भनर अधिकारी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने बताएका छन् । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गर्भनर अधिकारीले अर्थसचिव कृष्णहरी पुष्कर स्वदेश फर्किएपछि मौद्रिक नीतिको त्रैमासिक समीक्षा जारी गर्ने जानकारी दिएका हुन् । उनले राष्ट्र बैंक एक्लै अघि नबढ्ने भन्दै अर्थमन्त्रालयसंगको समन्वयको आधारमा नै अघि बढ्ने जिकिर गरे । मौद्रिक नीतिको कार्यान्वयनमा कुनै समस्या नरहेको उनले बताए ।

गभर्नर अधिकारीले अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशत, एकल अंकमा झरेको जानकारी दिए । २०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको र सोही अवधिको अघिल्लो वर्ष भन्दा १ प्रतिशतले कम भएको उनले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको र लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको बताएका छन् ।

उनले बाह्य क्षेत्रको सुधारसँगै बैंकिङ क्षेत्रको तरलतामा पनि सुधार भएको, मौद्रिक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालीन र दीर्घकालीन व्याजदरहरू घटिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : २६ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर