खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ : मन्त्री बस्नेत « Khabarhub

खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ : मन्त्री बस्नेत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ्य  बनाउने बताएका छन्। बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको बताए।

उनले खेल क्षेत्रका माध्यमबाट नेपाललाई विश्वसामु चिताउन सकिने बताएका छन्। उनले खेलले पर्यटन समेत प्रर्वद्धन हुने बताए। सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी  र खेल क्षेत्रको भविश्य रहने बताए। आफू पनि खेलाडी रहेको भन्दै उनले जिल्लामा खेलाडी उत्पादन गर्न सदैव साथमै उनले प्रष्ट पारे।

उनले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आआफ्नो खेलमा मेहनत गरेर सफलता हासिल गर्न सुझाव दिए। उनले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब विस्तारै खेलाडीको पनि विकास हुने बताए।

उनले अहिले पैसाकै अभावमा कसैको ज्यान जान गुमाउन पर्ने अवस्था अब नरहने भन्दै खेलाडीको स्वास्थ्य उपचारमा सरकारले सदैव सहयोग गर्ने बताए। 

कार्यक्रममा  बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा ,लिसंखपाखर गाउँ पालिका अध्यक्ष राजु  लामा  लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ६ : ३७ बजे

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने

पुस्ता फेरियो बद्री पंगेनीको गीत गुनगुनाउने फेरिएनन्…

काठमाडौं – सामाजिक सञ्जालका ‘मिम’ (जोक्स) पेजहरूमा अहिले एउटा पोस्ट

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ– प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित