प्रधानसेनापति शर्मा र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति शर्मा र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबीच भेटवार्ता


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टर फर साउथ एसिया रियर एडमिरल एलिन लाउब्याचरबीच भेटवार्ता भएको छ ।

जङ्गीअड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ।

यस किसिमको भेटवार्ताले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ । भेटवार्ताका क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ५८ बजे

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

काठमाडौं- इलाम २ उपनिर्वाचन नेपाली कांग्रेसले इलाम सभापति डम्बरबहादुर खड्कालाई

एकीकृत समाजवादीनिकट युवा संघद्वारा मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याजपीडितको आन्दोलनप्रति

सेना दिवसमा सैनिक प्रदर्शनी हुने

काठमाडौं- महाशिवरात्रि एवं २६१औँ सेना दिवसको अवसरमा नेपाली सेनाले कैलालीको

विमानस्थल निजीकरण : माफिया पोस्ने ‘सेटिङ’

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८०/९/२० को निर्णय सिरानी हालेर ०८०/१०/१५

लुम्बिनी उद्यानमा त्रि–दिवसीय त्रिपिटक वाचन हुने

लुम्बिनी- अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि