ताइवानविरुद्ध चिनियाँ साइबर आक्रमण तीव्र : गुगल « Khabarhub

ताइवानविरुद्ध चिनियाँ साइबर आक्रमण तीव्र : गुगल


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी गुगलले ताइवानविरुद्ध चीनले साइबर आक्रमणलाई तीव्र पार्दै लगेको चेतावनी दिएको छ । ताइवानमा चुनाव नजिकिँदै गर्दा चीनले ताइवानविरुद्ध साइबर आक्रमणलाई तीव्र पारेको हो ।

गुगलको जोखिम मूल्याङ्कन विभागका वरिष्ठ इन्जिनियर केट मोर्गनले ब्लुम्बर्गलाई बताएअनुसार पछिल्लो ६ महिनायता ताइवानमाथि चिनियाँ साइबर आक्रमणमा ‘ठूलो वृद्धि’ देखिएको छ ।

राज्य प्रायोजित साइबर आक्रमणको विश्लेषण गर्दै आएको गुगलको उक्त विभागले चिनियाँ ह्याकरहरुले पछिल्लो समय आफूहरुलाई पनि झुक्याउन थालेको जनाएको छ ।

पछिल्लो समय चिनियाँ ह्याकरहरुले घरेलु र कार्यालयमा प्रयोग हुने राउटरको प्रयोग गरी ह्याक गर्ने गरेको मोर्गनले बताइन् । उनका अनुसार चिनियाँ ह्याकरहरुको यस्तो रणनीतिबाट उनीहरुको यथार्थ स्रोत पत्ता लाग्न कठिन हुन्छ । यस्तो अवस्थामा उनीहरुको पहिचान गर्नसमेत मुश्कील हुने उनले बताइन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : १७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको