वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता « Khabarhub

वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणाममुखी पहल गरिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बधाई तथा ज्ञापनपत्र बुझाउन पुगेका वादी समुदायका अगुवासँगको छलफलमा उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रिपरिषद्बाट निर्णय गरेको स्मरण गराए ।

उनले उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

‘म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनःस्थापनाका लागि निर्णय गरेको स्मरण छ, इतिहासमै पहिलोपटक राज्यले औपचारिकरूपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’, उनले भने, ‘वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या समाधान गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौ ।’

वादी समुदायका प्रतिनिधिले प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनःस्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए ।

वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरूपमा सम्बोधन गरेकामा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै उनीहरूले अहिलेको कार्यकालमा ती विषय कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १ : १४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको