बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न माग « Khabarhub

बिचौलिया र घुमन्ते व्यापारलाई नियन्त्रण गर्न माग


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भारतको खुला सीमा, खुल्ला भन्सार नीति  भएको कारण धेरै उद्योगी व्यवसायीहरू समस्यामा परेकोले बिचौलिया र घुमन्ते व्यापारीलाई तत्काल नियन्त्रण गरी कारबाही गर्न माग गरेका छन् । तिलोत्तमा चेम्बर अफ कमर्सको नवौँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले स्थानीय सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै बिचौलिया र घुमन्ते व्यापारीलाई नियन्त्रण गर्न माग गरेका हुन् ।

उनले उद्योगी व्यवसायीहरूको समस्या समाधानको लागि आफ्नो तर्फबाट एवं नेपाल चेम्बरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । बैंक ब्याज, मौद्रिक नीति, कर्जा लगायतका समस्याका विषयमा वर्तमान सरकार एवं अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नरसँग भेटघाट गरी तत्काल समस्या समाधानका लागि सुझाव सहित ज्ञापन पत्र बुझाएको जानकारी पनि केन्द्रीय अध्यक्ष मल्लले गराए । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका  उप-प्रमुख जगेश्वर देवी चौधरीले हालको अर्थतन्त्र, बैंक ब्याज उद्योगी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने बताइन् । साथै शिलान्यासपछि विवादका कारण रोकिएको चेम्बरको सचिवालय भवन निर्माण कार्य अगाडि बढाउनका लागि आफ्नो एवं नगरपालिकाको तर्फबाट सहयोग र सहकार्य गर्ने जानकारी गराइन् । संस्थाका अध्यक्ष बाबुलाल भुसालले चेम्बरले आर्थिक वर्ष २०७८-०७९ देखि हाल सम्म गरेका कार्यहरू एवं आगामी आर्थिक वर्ष २०७९-०८० को कार्ययोजनाहरू प्रस्तुत गरेका थिए । साथै व्यावसायिक एवं सामाजिक कार्यहरू निरन्तर अगाडि बढाउँदै लैजाने जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव तथा तिलोत्तमा चेम्बरका संस्थापक अध्यक्ष एवं संरक्षक झविन्द्र प्रसाद कंडेल,  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु , तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम बहादुर घर्ती, देवदह ब्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्ग, नेकपा एमाले तिलोत्तमा नगर सचिव मीन प्रसाद पोख्रेल, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र कार्की, चेम्बरका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बहादुर बराल, सचिव मानबहादुर बर्मा लगायतले मन्तव्य व्यक्त गरेको कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ४ : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्