कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ « Khabarhub

कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा फरार एक प्रतिवादीलाई कैलाली प्रहरीले मनहेराबाट पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका-१ मछेडाका ४७ वर्षीय कृष्णप्रसाद चौधरी थारूलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७६ फागुन २१ गते जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी मुद्दामा एक वर्ष कैद र एक हजार जरिवाना सजाय तोकिएका अभियुक्त चौधरी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायको कमान्डमा खटिएको प्रहरी टोलीले फरार चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ५ : १९ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान