कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा « Khabarhub

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले यही पुस १४ गते कार्यदल बनाएको थियो ।

कार्यदलमा नेकपा (एमाले) उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा (माओेवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट धवलशम्सेर राणा र जनता समाजवादी पार्टीका रकम चेम्जोङ सदस्य थिए ।

कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायतका शीर्षनेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । शीर्षनेताहरूले सो मस्यौदा बुझेपछि त्यसलाई आवश्यक अध्ययन गरेर सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गरिने बताइएको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ४१ बजे

भारतसँग स्वास्थ्य मन्त्रीको विशेष सम्बन्ध, एआईआईएमएसले लेख्यो : हाम्रा लागि गर्वको क्षण

काठमाडौं- नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नयाँ सरकारमा

बजारले पत्याएन बालेन सरकारलाई, नेप्से एकैदिन ७१ अंकले ओरालोतिर

काठमाडौं– नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा

बालेनको शासकीय सुधार योजनाले बद्लिन सक्छ निजीक्षेत्र

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले निजी क्षेत्रलाई पारदर्शी बनाउँदै

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री