विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ « Khabarhub

विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा ६ जना पक्राउ


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेशी नागरिकहरूलाई ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको बन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछाम बन्नीगढी गाउँपालिका– ६ घर भई काठमाडौं चाबहिल बस्नेहरू ३५ वर्षीय पृथ्वी बहादुर शाह, २५ वर्षीय विजय विक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका– ८ बस्ने २७ वर्षीय चक्र बहादुर खत्री, दोलखा खोपाचागुं घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका– २ भंगाल बस्नेहरू ४४ वर्षीय अनुप खड्का, नवलपरासी९पश्चिम० बर्दघाट नगरपालिका–४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रंग बहादुर साउद रहेका छन् ।

उनीहरूले सम्बन्धित निकायहरुबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरु संचालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उदेश्य भन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पुर्‍याई एन्टीभाइरस नविकरण बापतको रकम पठाउनु भनि झुक्याई ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ०४ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा