जसपाले सरकारलाई विश्वासको मत दिने « Khabarhub

जसपाले सरकारलाई विश्वासको मत दिने


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

आज एक विज्ञप्ति जारी गर्दै जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा सर्तहरू समेटिएको भन्दै विश्वासको मत दिने बताएको हो ।

कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई आज बुझाएको हो । प्रतिवेदनमा प्रभावकारीरूपमा सरकार सञ्चालनका लागि प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषय समेटिएको छ ।

जसपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने विषयमा भने असहमति व्यक्त गरेको छ । प्रवक्ता सुमनका अनुसार आइतबार पार्टीको बैठक बसी सरकारलाई विश्वासको मत दिनेबारे औपचारिक निर्णय गर्नेछ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : ०३ बजे

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा