रोगबाट बच्न र ‘योङ’ देखिन छालाको हेरचाह | Khabarhub Khabarhub

रोगबाट बच्न र ‘योङ’ देखिन छालाको हेरचाह

शरीर सुख्खा हुँदै जाँदा एलर्जी बढ्छ



चिसो मौसममा धेरैमा छाताको समस्या देखिन्छ। छाला फुटने, चिलाउने, फुस्रो हुनेसँगै सुख्खा हुँदै जाँदा रगतसम्म आउने हुन्छ। विशेषगरी विभिन्न रोगबाट बच्न र आफूलाई ‘योङ’ देखाउन सधैभरी छालाको हेरचाह गर्नुपर्छ। विस्तारै जाडो मौसम सकिँदै गएको छ। हामी माघ महिनाको अन्तिममा पुगेका छौँ। जाडो मौसम सकिँदै गर्दा हामीले हाम्रो छालाको कसरी हेरचाह गर्ने ? स्वास्थ्य शरीरका लागि छालाको हेरचाह कति महत्त्वपूर्ण हुन्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. राजन ताझ्यासँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

यो मौसममा छालाको हेरचाह नगर्दा कस्तो कस्तो समस्या देखिएको छ ?
छालाको मुख्य काम भनेको शरीरका अङ्ग र शरीरमा किटाणुले गर्दा हुने विभिन्न रोगबाट बचाउने हो। अरू रोगबाट बचाउन र आफूलाई योङ देखाउन छालाको हेरचाह गर्नु पर्दछ। शरीरलाई किटाणु, घामको प्रकाशदेखि लिएर धुलोबाट पनि बचाउने काम छालाले गर्दछ। छालामा विभिन्न खालका कमजोरी हुनाले विभिन्न रोग लाग्ने गर्दछ। शरीर बढी सुख्खा हुँदै जाँदा एलर्जी हुनसक्छ। त्यसैले छालाको विशेष ख्याल गर्नु पर्दछ।

आफैं घरमा बसेर विभिन्न प्रोडक्ट प्रयोग गर्दा छालालाई असर गर्ने हो ?
घरेलु प्रोडक्ट पनि आ-आफ्नो छाला अनुसार सुट गर्ने हुन्छ र एउटै प्रोडक्टले एउटालाई राम्रो गर्यो भने अर्कोलाई असर गर्दछ। त्यसैले आफ्नो छाला कस्तो हो त्यो अनुसार सबै थाहा भएर मात्र प्रयोग गर्नु पर्दछ।

बिहानदेखि बेलुकासम्म छालाको कसरी हेरचाह गर्ने ?
छालाको हेरचाह शरीरको जस्तै गरी गर्ने हो। अहिले केयर भन्दा पनि ओभर केयर भएको छ। मानिस नुहाउने भनेर आधा घण्टा भन्दा बढी समय पानीमा बस्ने र साबुनको धेरै प्रयोग गर्नुहुन्छ। ३० वर्ष भन्दा माथि उमेर भएकाहरुले लोसनको अनिवार्य प्रयोग गर्नु पर्दछ। व्यक्तिले दिनकै नुहाउने हो भने दिनकै साबुन लगाउनु हुँदैन। नुहाएपछि लोसनको प्रयोग गर्नु पर्दछ। सानैदेखि सुख्खा छाला छ भने लोसनहरू अनिवार्य लगाउनु पर्दछ। पाँचदेखि १० मिनेटमा पानीमा बसेर साबुन धेरै प्रयोग गरेको छैन भने धेरै रोगबाट बचिन्छ। छालाको हेरचाह भन्ने बित्तिकै मान्छेहरू अनुहारको मात्र बुझ्नु हुन्छ। हुन त शरीरमा कपडाले अरू छाला छोप्छौँ तर अनुहार छोप्दैनौँ र पनि अनुहारको छालाको विशेष ख्याल गर्नु पर्दछ।शरीरको लागि हामीले व्यायाम गर्छौँ तर फेसको लागि कसैले पनि व्यायाम गर्दैनौँ। सामान्य केयर भनेको मुख धुने मोइश्चुराईजर लगाउने र त्यस पछि आवश्यकता अनुसार र फेस अनुसार सन ब्लक लगाउने, आवश्यकता अनुसार टोनरहरु लगाउन सकिन्छ। सेरमको प्रयोग गर्नैपर्छ भन्ने छैन। तर सकिन्छ भने लगाउँदा हुन्छ। यसको प्रयोग गर्दा सबैभन्दा पहिला सेरम लगाउने, सन ब्लक र बाक्लो बाक्लो गर्दै मेकअप प्रोडक्ड लगाउने गर्नु पर्दछ।

मेकअप सामग्री मिलाएर नलगाउँदा कस्तो समस्या आउँछ ?
समस्या त आउँदैन। तर मिलाएर नलगाउँदा त्यसको असर देखिन सक्छ। फेसमा चमक आउँदैन। केही पनि समस्या नभएको स्किनमा जे लगाउँदा पनि समस्या हुँदैन। कुनै समस्या भएको स्किन भए सामान्य सन ब्लकले पनि पोल्न सक्छ र त्यो बेला मिलाएर बुझेर लगाउनु पर्दछ।

उमेर अनुसार कस्तो कस्तो क्रिम लगाउने त ?
यो उमेर अनुसार सबैको स्किन एउटै हुँदैन। कसैको ३० वर्षमा पनि स्किन कलिलो जस्तो हुन्छ। कसैको १५ देखि १६ वर्षमा पनि ३० वर्षको जस्तो हुन्छ। चिन्ता धेरै भयो, पर्याप्त खाना भएन, पर्याप्त आराम भएन भने र चुरोट रक्सी खायो भने छिटो छाला चाउरिन सक्छ।

सधैं ‘योङ’ देखिन के गर्ने त ?
शरीरलाई जसरी केयर गरिन्छ, त्यसरी नै छालाको पनि केयर गर्नु पर्दछ त्यसको लागि सबै भन्दा महत्वपूर्ण भनेको बिहान बेलुका फेसवास गर्ने र मोइच्चुराइजर लगाउने नै हो। घामबाट जोगिन सनक्रीम जत्ति नै महंगो लगाए पनि त्यसले घामबाट ५० प्रतिशत मात्र बचाउँछ। घामबाट बच्न सनक्रिम मात्र लगाएर हुँदैन। त्यसैले मास्क र छाताको प्रयोग गर्नुपर्छ। फेसमा योगा गर्ने, मसाज गर्ने, अहिले हाइड्राफेसियल भन्ने आएको छ त्यसले फेसको सबै मसाज गर्दिन्छ। फेसमा व्यायाम गरेको जस्तो गरेर मसाज गर्दिन्छ। त्यो महिना दुई महिनामा गर्दा हुन्छ। यसको कुनै साइड इफेक्ट छैन। कसैको फेसमा खटिरा, घाउ छ भने गर्नु हुँदैन। हल्का पोतो छ भने गर्दा हुन्छ।

हाइड्राफेसियल गर्दा कति लाग्छ लागत सबैको पहुँचमा छ त ?
यो ठाउँ अनुसार फरक हुन्छ। हाम्रो अल्का अस्पतालमा चाहिँ मान्छेले महिनामा एउटा सनस्क्रिम किन्न सक्छ भने यो पनि गर्न सक्छ।

पिम्पल बिग्रिए के गर्ने ?
हाम्रो शरीरमा चिन्ता र थकानको कारणले हर्मनको मात्रा बढ्छ, कहिले एन्डोजल हर्मन बढ्छ। केयर गर्दा गर्दै पनि समस्या आउन सक्छ। समस्या आएपछि अस्पताल गएर जँचाउनु पर्दछ। सुरुमा उपचार गर्दा एउटा मलमले निको हुन्छ। ढिलो गर्याे भने पछि धेरै औषधि गर्नुपर्ने हुन्छ।

पिम्पल हुदाँ कस्तो अवस्थामा घरमै बस्ने र कुन अवस्थामा अस्पताल जाने ?
सुरुमा आउँदा जति चलाए पनि दाग बस्दैन। जति धेरै पिम्पल आयो त्यति नै छाला बिग्रिँदै जान्छ। आइराख्यो भने खाल्डो पर्दछ र त्यस्तो मान्छेलाई स्क्रिन रिजीमिनेसन ट्रिटमेन्ट गर्नुपर्छ। यो भनेको स्क्रीनलाई बलियो बनाउने त्यसले गर्दा दाग बस्दैन। हामी यसमा धेरै प्रकारको रिजीमिनेसन ट्रिटमेन्ट गर्छौं। त्यसमा सबै भन्दा बढी राम्रो भनेको पे आर्टी फेसियल हो। यो गरेपछि दुई हप्ता घाममा बस्यो भने पिम्पल आउदैन। धेरै सुख्खा छ भने एकपटक मात्र फेसवास गर्नुपर्छ। जति नै स्किन चिल्लो भए पनि मोस्च्चराइजर क्रिम लगाउने र सनब्लक क्रिम लगाउने गर्नुपर्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ४२ बजे

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति

नवलपरासीमा ओलीले भने : सुस्ता नेपाली भूमि हो, भारतले छाडोस् भन्दा मुद्दा चलाए

नवलपरासी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यत्तिकै

सर्लाही प्रहरीद्वारा सात वटा टिपर नियन्त्रणमा 

सर्लाही– अबैधरुपमा खोलाबाट बालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको