डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली « Khabarhub

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकार गठन भएको दुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा पाँच मन्त्रालय रिक्त हुन पुगेको छ।

सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकेका बेला रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारबाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन्।

जसअनुसार हालसम्म विस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन्। सत्तारुढ गठबन्धन दलको बीचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि वन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन।

यसैबेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपा बीचमा गृह मन्त्रालयमा कुरा नमिलेपछि सो पार्टी प्रचण्ड सरकारबाट गत आइतबार बाहिरिएको थियो।

सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता बिबादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसाला गरिदिए पछि लामिछाने जिम्मेवारीवाट मुक्त हुनु परेको थियो।

लामिछानेले आफूले सम्हाल्दै आएको मन्त्रालय आफूले पाउनु पर्ने र नपाए पूर्व सहमति अनुसार पार्टीलाई दिनु पर्ने लामिछानको मागलाई अस्वीकार गरेपछि आइतबार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको थियो।

सो पार्टी सरकारबाट बाहिरिने निर्णय सँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको वन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनुपरेको हो।

जसकारण २५ सदस्सीय मन्त्रीमण्डलमा हाल २ जना राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्वबिहीन अवस्थामा छन्।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : २१ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी