दुईदिने नेपाल भ्रमणका लागि युएसएडकी प्रशासक समान्था पावर काठमाडौँमा | Khabarhub Khabarhub

दुईदिने नेपाल भ्रमणका लागि युएसएडकी प्रशासक समान्था पावर काठमाडौँमा


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडकी प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि काठमाडौँ आएकी छिन् ।

आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्नुहुने अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले युएसएडले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने बताइएको छ ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसएडको प्रतिबद्धताबारे जानकारी पनि दिने जनाइएको छ । उनले भ्रमणका क्रममा युएसएडको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछिन् । साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएडको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको विकासमा युएसएडले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएडको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

को हुन प्रशासक पावर ?

समान्था पावरले युएसएडकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गरेकी हुन् । उनले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएकी छिन् ।

पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिइन् । सो समयमा उनले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आइएसआइएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानून विकास गर्न देशहरूलाई एकजुट गरेकी थिइन् ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिइन् ।

उनले आफ्नो पेसागत जीवनको सुरुआत बोस्नियामा एक युद्ध संवाददाताका रूपमा गरेकी थिइन् । कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायत स्थानबाट रिपोर्टिङ गरेकी पावर विभिन्न पुस्तककी लेखिका तथा सम्पादक हुनाका साथै गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कारको विजेता पनि हुन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : २५ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र