गण्डकी प्रदेशसभाको बैठकमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभाको बैठकमा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ ।

शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले माघ १ गतेको जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको बताउँदै यसले हवाई उडानमा मनोवैज्ञानिक असर परेको बताइन् । पर्यटक आगमनलाई बढाउन अन्तरप्रदेश पर्यटन प्रवद्र्धनात्मक कामलाई अघि बढाउनु आवश्यक देखिएको बताउँदै उनले छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशमा राष्ट्रियस्तरको प्रवर्द्धनात्मक कार्यक्रम हुनुपर्नेमा जोड दिइन् । प्रदेशसभा सदस्य नन्दकला दमै नेपालीले पोखरा महानगरपालिका–२६ पैतेडाँडाको सुकुम्वासी बस्तीमा वर्षेनी बाढीले असर गरिरहेको बताउँदै त्यहाँको बस्ती सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

अर्का सदस्य निर्मला थापाले बढ्दो आर्थिक मन्दीको समस्यामा गरिबीको रेखामुनि रहेको वर्गलाई उद्यमशीलताका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले नवलपुरको नारायणी तट क्षेत्रमा माझी, बोटे मुसहरको मुख्य पेसा माछा मार्ने रहेपनि राष्ट्रिय निकुञ्जका कारण माछा मार्न रोक लगाउँदा उनीहरू समस्यामा परेको बताइन् ।

प्रदेशसभा सदस्य विकल शेरचनले मुस्ताङमा आगलागीजन्य घटनामा दमकलसमेत नभएको बताउँदै जोखिमपूर्ण विद्युत्का पुराना वायरिङ हटाएर नयाँ वायरिङ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिन सभाको ध्याकर्षण गराए ।

अर्का सदस्य भोजराज अर्यालले गण्डकी प्रदेशका ३६ निर्वाचन क्षेत्रमध्ये स्वास्थ्योपचार सेवा नभएका क्षेत्रमा न्यूनतम ५० शय्यासम्मका विशेषज्ञ सहितको अस्पतालबाट सेवा दिने गरी कार्ययोजना ल्याउन आग्रह गरे ।

प्रदेशसभा सदस्य महेश भट्टराईले गल्याङ नगरपालिका–३ का ललेङ गाउँका ६० घर तल काली नदी र माथि नहरको बीचमा रहँदा बाढी पहिराको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । मित्रलाल बस्यालले पर्वतको फलेवास–लुङ्खु–पैयूँ सडकको बीचमा पहिराले बाटो बिगारेको भएपनि निर्माण व्यवसायीले त्यसलाई अलपत्र छाड्दा समस्या परेको बताए ।

प्रदेशसभा सदस्य यशोदा रिमालले लम्जुङ जिल्ला अस्पताल २०७९ कात्तिक ३ गतेदेखि प्रदेश सरकार मातहत सञ्चालनमा आएकामा हाल एक्स–रे मेसिन, अक्सिजन प्लान्ट आदि बिग्रनुका साथै उपचारसेवा पनि गुणस्तरीय नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । प्रदेशसभा सदस्य लक्ष्मणबहादुर पाण्डेले नवलपुर २ मा नारायणी नदीसँगै अरुण खोला र विनय खोलाले बर्सेनि जमिन कटान गरिरहेको भन्दै त्यसको नियन्त्रणका लागि पहल गर्नुपर्नेमा जोड दिए । अर्का सदस्य सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा एकीकृत नमुना बस्ती विकासका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याइन् ।

प्रदेशसभा सदस्य सरस्वती गुरुङले मौलिक हकका रुपमा रहेको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि गण्डकी प्रदेशभित्र सञ्चालित अस्पताललाई विशिष्टीकृत बनाउनुपर्ने बताइन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : १५ बजे

लिपुलेक सम्झौताको विरोधमा भारतीय दूतावास अगाडि मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं– भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन

एनपीएल आगामी मङ्सिरमा हुने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

काठमाडौं– कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ : महासचिव पोखरेल

महोत्तरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले महासचिव

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले