सत्ता विरोधी गीतको प्रभाव युरो भिजनमा | Khabarhub Khabarhub

सत्ता विरोधी गीतको प्रभाव युरो भिजनमा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

युरो भिजन २०२३ को काउन्ट डाउन सुरु भएको छ। लिभरपुलमा ओछ्याइने रातो कार्पेटमा अतिथिलाई स्वागत गर्न अब ४० दिन मात्र बाँकी छ। यसका लागि ३७ गीत दर्ता भएका छन्। धेरै गीत मानवीय संवेदनासँग सरोकार राख्ने छन्। अधिक गीत रुसले युक्रेनमा गरेको युद्धसँग सम्बन्धित छन्। त्यहाँ प्रस्तुत भएका धेरै गीतहरूले बलियो भाव प्रस्तुत गर्ने छन्। परन्तु त्यस भित्र पनि केही रत्नहरू छन्। जसले गीतलाई आकर्षक बनाएको छ। जसले कुनै गीतलाई विजेताको रूपमा प्रस्तुत गर्न पनि सक्ने छ। तिनीहरूको वरीयता निर्धारणका लागि केही बलिया विषयगत आधार पनि हुन सक्छन्। विवाद हुन नसक्ने केही मापक पनि पक्कै छन्।

अधिक गीत रुसले युक्रेनमा गरेको युद्धसँग सम्बन्धित छन्। त्यहाँ प्रस्तुत भएका धेरै गीतहरूले बलियो भाव प्रस्तुत गर्ने छन्।

ती गीतहरू स्पोटीफाई, युट्युब तथा एपल म्युजिकमा सर्ट लिस्टेड गरिएका छन्।
यसमा अल्बानीयाको प्रतिनिधीत्व अल्बीनाले गरेको छ। बाबु आमा छुट्टिँदा यसले बच्चामा पर्ने मनोवैज्ञानिक र सिङ्गो जीवनको असरका बारे प्रस्ट पारिएको छ। अन्त्यमा अल्बीनाले रोएर नै त्यस गीत र या प्रस्तुतिको अन्त्य हुने छ। कोरस तथा परिवारको ब्याक ग्राउन्ड सङ्गीतका कारण अल्बीना विशेष लोकप्रिय छ।

२१ वर्षीय एलेन यार्मेनेनको साङ्गीतिक नाम ब्रुनेट हो। यार्मेनन अर्मेनीयामा अत्यन्त चलेको सङ्गीतकर्मी हुन्। युरो भिजनमा सर्ट लिस्टेड भएको गीत एउटा भेट्न बाँकी रहेको प्रेमीकाको बारे लेखिएको गीत हो। कोरस र बिच बिचमा र्‍याप भर्सन मिसाइएको यो गीत आकर्षक मानिएको छ।

सम्भवतः युरो भिजनमा अष्ट्रेलियाको यो अन्तिम वर्षको सहभागिता हो। यो वर्ष अष्ट्रेलियाको प्रतिनिधीत्व भोयजरले गरेका छन्। भोयजरले अष्ट्रेलियाको प्रतिनिधीत्व गर्न थालेको सन् २०१५ देखि यता हो।

उनीहरूको गीतले एक किसिमको विद्रोहको भाव पैदा गराउँछ। कोरस र गितारको मिश्रणका कारण चर्चित टेलिभिजन शृङ्खला ब्रभर्ली हिल्स ९०२१० को झल्को दिने छ। भोयजरलाई मासलाई कसरी प्रभावित गर्ने भन्ने २दशक भन्दा बढीको राम्रो अनुभव छ।

युरो भिजनमा सर्ट लिस्टेड भएको गीत एउटा भेट्न बाँकी रहेको प्रेमीकाको बारे लेखिएको गीत हो। कोरस र बिच बिचमा र्‍याप भर्सन मिसाइएको यो गीत आकर्षक मानिएको छ।

१९ औं शताब्दीका चर्चित ‘हरर’ लेखक एडगर एलन पो बाटै प्रभावित गीत पनि अहिले चर्चामा छ। यसका लेखक टेया र सलेना यसले धेरै चर्चा बटुल्ने अपेक्षा गर्न थालेका छन्। यो सङ्गीतलाई शीर्ष पाँचमा पर्न लायक मानिएको छ।

टुराल र टुरान बागमानभोलार दाजु भाइ हुन्। उनीहरू विद्यालय तहको विद्यार्थी भएको समयमा नै पियानो बजाउन सिकेका थिए। सोही समयमा उनीहरूले गीत लेखनको काम पनि सिकेका थिए। पछि उनीहरूले टुराल टुरान एक्सको नामबाट काम गर्न थालेका थिए।
उनीहरूले बनाएको गीत पनि यस वर्ष चर्चामा छ। धेरै जसो पप सङ्गीतमा रहेको यस गीतमा र्‍याप पनि मिसाइएको छ। उनीहरूले सिक्वेलको रूपमा लामो समय देखि सङ्गीतमा ध्यान दिई रहेका छन्।

बेल्जियमका गुस्ताभको विकज अफ युले फेरि ९० कै दशकमै साङ्गीतिक दुनियाँ फर्किएको आभास हुन थालेका छ। उनले बनाएको यो गीत परिवारमा संकट परेका आफ्ना साथीमा समर्पित गरेको गुस्ताभले जनाएका छन्।

उनको गीत मधुर धुनको पुरानो परम्परागत सङ्गीतको झझल्को दिने किसिमको छ।
क्रोएसियाको पनि यस पटक युरो भिजनमा प्रतिनिधित्व छ। लेट थ्रीले मामा एससी मार्फत सङ्गीतमा प्रभाव छाडेको छ।

बेल्जियमका गुस्ताभको विकज अफ युले फेरि ९० कै दशकमै साङ्गीतिक दुनियाँ फर्किएको आभास हुन थालेका छ।

बाल्कन क्षेत्रमा लेट थ्री उत्तेजक र आक्रामक प्रस्तुतिका लागि विशेष चर्चित छ। युरो भिजन राजनीति प्रेरित गीत बाट बाहिरिने जनाइए पनि सिर्ट लीस्टेड यो गीत रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनमाथि आक्रामक छ। पुटिनको शासनलाई रसियनले स्वीकार गरेका कारण रसियनमाथि पनि आक्रामक रूपले गीत प्रस्तुत गरिएको छ। आक्रामक रूपले एकै पटक १० गीतसम्म प्रस्तुत गर्न सकिने उनीहरूको विशेष क्षमता छ।

एन्ड्रयु लाम्ब्रोउको ब्रेक अ ब्रोकन हर्टले साइप्रसको प्रतिनिधित्व गरेको छ। २४ वर्षीय लाम्ब्रोउ यस अघि सन् २०२२ मा अष्ट्रेलियामा भएको छनोट चरणमा सहभागी थिए।

लाम्ब्रोउका प्रस्तुतिले साइप्रसको ब्रोडकास्टिङ कम्पनी सीवाईबीसीमा प्रभाव पारेपछि उनीहरूले नै मे मा लिभरपुलमा प्रतिस्पर्धा गर्ने अवसर जुटाइ दिएको हो। ब्रेक अप भएपछिको अवस्था यस गीतमा प्रस्तुत गरिएको छ।

चेक गणतन्त्रको युरो भिजनमा राम्रो नतिजा विगतमा पनि छैन। सन् २००७ यता चार पटक मात्र फाइनल चरणमा चेक गणतन्त्रको उपस्थिति देखिएको छ।

भेस्ना ब्यान्डले यस पटक वि आर नट अ डल्स प्रस्तुत गरेको छ। यसमा लैङ्गिक समानता महिला र अधिकारको आवाज उठाइएको छ। यो गीत स्टेजमा भने धेरैले मन पराउन सक्ने छन्। गीतसँगको नृत्यले धेरैलाई आकर्षित गराउन सक्ने छ।

यस पटक युरो भिजनमा डेनिस प्रतिनिधित्वको रूपमा रेलीको ब्रेकिङ माई हर्ट पनि छ। २५ वर्षीय डेनिस गायक रेली अमेरिकी संस्था रेकर्ड कम्पनी एटलान्टासँगको सहकार्यमा केही वर्ष अघि देखि नै छन्। उनले दुई वर्ष अगाडी तनावपूर्ण सम्बन्धमा आधारित गीत लेखेका थिए।

त्यसपछि नै उनका मेनेजरले उनलाई युरो भिजनमा प्रवेश उपयुक्त बाटो हुन सक्ने कुरा औँल्याएका थिए। त्यसपछि उनले यस गीतलाई गाउन थालेपछि धेरै तर्फ प्रशंसा बटुलेको थियो।

भेस्ना ब्यान्डले यस पटक वि आर नट अ डल्स प्रस्तुत गरेको छ। यसमा लैङ्गिक समानता महिला र अधिकारको आवाज उठाइएको छ। यो गीत स्टेजमा भने धेरैले मन पराउन सक्ने छन्।

संसारका धेरै देशले सत्ताले मन नपराउने तथा सत्ताको टाउको दुखाउने उनको गीत दक्षिण कोरियाको एउटा कन्सर्टमा प्रस्तुत भए पछि यसले अन्तर्राष्ट्रिय क्षेत्रमै चासो लिएको थियो। यो गीतको कोरस कर्णप्रिय छ। स्टेज कार्यक्रमका लागि यो गीत विशेष छानिन सक्ने छ।

एलीका मिलोभाले गाएको ब्रिज तथा कारिजाको छ छ छ युरो भिजनका चर्चामा रहने गीतहरू गीत हुन्। ब्रिजले इस्टोनिया तथा छ छ छ ले फिनल्यान्डको प्रतिनिधित्व गर्छन्।

४५ वर्षदेखि सहभागितामा सीमित रहँदै गएको फ्रान्सका लागि यस वर्षको युरो भिजनको यात्रामा ला जाराको इभिडमेन्टले नयाँ आशा पलाएको छ। ला जारको स्वरलाई संसारको शक्तिशाली स्वरको रूपमा समेत चित्रण गर्ने गरिन्छ। यसै कारण यस वर्षको उपाधिको मुख्य दाबेदार मध्ये यो गीत एक हो।

इरुको इकोले जर्जीयाको प्रतिनिधित्व गरेको छ। यसैगरी जर्मनीको प्रतिनिधित्व लर्ड अफ द लस्टका ब्लड एन्ड ग्लीटरले गरेका छन्। भिक्टर भेरोनेसको ह्वाट दे सेले ग्रिसको प्रतिनिधित्व गरेको छ। यो गीत सेमिफाइनलबाट बाहिरिने आङ्कलन सङ्गीतका विज्ञले गरेका छन्।

डिल्जाको पावरले आइसल्यान्डको प्रतिनिधित्व गरेको छ। डिल्जाको विशेषता भनेकै यथार्थपरक गीत हो। यसमा थपिएको कोरसले गीतलाई साँच्चै कर्णप्रीय बनाएको छ।

वाइल्ड यूथको प्रस्तुति वि वार वानले आयरल्यान्डको प्रतिनिधित्व गरेको छ। नोहा किरेलको युनिकर्नले इजरायलको प्रतिनिधित्व गरेको छ। नोहो किरेललाई इजरायलको पप सङ्गीतलाई नै माथिल्लो उचाइमा लैजाने गायिकाको रूपमा समेत चिनिन्छ। उनको उपस्थितिमा इजरायलका धेरै जान सङ्गीत प्रेमीमा उत्साह समेत थपिएको छ।

डिल्जाको पावरले आइसल्यान्डको प्रतिनिधित्व गरेको छ। डिल्जाको विशेषता भनेकै यथार्थपरक गीत हो। यसमा थपिएको कोरसले गीतलाई साँच्चै कर्णप्रीय बनाएको छ।

मार्को मेन्टोनीको डुवा भाइट, सडन लाइटको अजा र मोनिका लिन्केयटको स्टे पनि युरो भिजनमा छन्। यी मध्ये लिन्केलाई प्रभावकारी मानिएको छ। माल्टाको प्रतिनिधित्व द बस्करको डान्सले गरेको छ। पासा परफेनीको सोरअलेस सी लुना ,अलेजान्द्राको क्विन अफ किङ पनि यस पटक युरो भिजनमा प्रवेश पाएका छन्। मा मुलरको आइ रोट अ सङ, हर्ट अफ स्टिल, वाटर गन, ट्याटु र इइा फरक धारका गीतहरू त्यहाँ प्रवेश पाएका छन्।

सोलो, ए कारकाआ, डीजीटी र लाइक एन एनीमल युरो भिजनका अन्य गीत हुन्। यस वर्षको ठूलो साङ्गीतिक अवार्डमध्ये यो नै पहिलो भएका कारण धेरैले प्रतीक्षा गरेर बसेका छन्। सत्ता विरोधी गीत चर्चामा रहेका कारण यस वर्षको अवार्डको विशेषता अझ बढी छ।
स्रोतः बीबीसी

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ०३ बजे

बझाङमा थलारा पुग्दा माओवादीलाई कांग्रेसले उछिन्यो, एमालेको अग्रता यथावत

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा थलारा गाउँपालिकामा कांग्रेसले मत

आजका समाचार : उपनिर्वाचनको मत गणनादेखि लगानी सम्मेलनसम्म

उपनिर्वाचनको मतगणना  जारी इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका

लगानी सम्मेलनको पहिलो दिन : सोल्टीमा भीड देख्दा प्रधानमन्त्री मख्ख, तनावमा पाहुना र कर्मचारी

काठमाडौं – सरकार र निजी क्षेत्रद्वारा आयोजित लगानी सम्मेलनको पहिलो

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर