चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा « Khabarhub

चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । 

निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए। ‘मेरो जीवनको केही भोगाइ चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने, ‘कथ्यशैलीमा केही परिवर्तन ल्याउने प्रयास गरेका छौँ । यसमा चलचित्र बन्ने नियमलाई तोडेर प्रयोग गरिएको छ ।’ चलचित्रमा चितवन वरपरको परिवेशलाई देख्न पाइने छ । 

अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भूमिका निर्वाह गरेकी छन् । छायांकन अवधिभर एकै परिवार भएर समय बिताएको उनले बताइन् ।’हामीले भूमिकालाई जीवन्त बनाउन चलचित्रभित्र देखिएझैँ परिवार बनेर केही समय बितायौँ । यसमा समाजको नदेखिएको पाटोलाई उजागर गर्ने कोशिश गरिएको छ । यो केवल मनोरञ्जन मात्र होइन’, अभिनेत्री पन्तले भनिन्, ‘मेरो जीवनसँग पनि केही मेल खान्छ । जीवनलाई फरक किसिमले बुझ्ने मौका पाएकी छु ।’

अभिनेता नेपालले एउटा दृश्यमा अभिनेत्री पन्तसँग अभिनय गर्दा भावुक भएको बताए । ‘हामीले समाजको चरित्र लिँदा त्यसको सारतत्व लिने हो । सन्ध्याको चरित्र निर्वाह गरिरहँदा मैले मेरो बुबा अथवा काकाबाट आफ्नो सारतत्व लिएको थिएँ । सन्ध्या र मबीच संवाद हुँदा त्यो दृश्यले मलाई भावुक बनायो’, नेपालले भने–’दर्शकले यो दृश्य हेर्दा कहीँ न कतै आफूलाई पाउनुहुनेछ ।’

निर्माता श्रीधर पौडेलले यस अगाडि चलचित्र ‘गोपी’ निर्माण गरेका थिए । ‘जिज्ञासा, विचार अनि यथार्थको कथाको भाव व्यक्त गर्ने चलचित्र ‘बहाव’ मा अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १० : १० बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान