अमेरिकाको टेनेसी राज्यमा बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिने दुई सांसद् निष्काशित « Khabarhub

अमेरिकाको टेनेसी राज्यमा बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिने दुई सांसद् निष्काशित


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका अमेरिकाको टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् ।

राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि दुई जना डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जना सांसद भने निष्काशनबाट जोगिएका छन् ।

हालै न्यासभिलस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डको प्रतिवाद गर्दै बन्दुक नियन्त्रण हुनुपर्ने आवाज उठाएका अश्वेत सांसद निष्काशनमा परेका हुन् । उनीहरूसँगै आवाज उठाएकी एक जना श्वेत सांसद भने निष्काशनबाट बचेकी हुन् । उनी एक मतले निष्काशनबाट जोगिएकी हुन् ।

निष्काशनमा परेका सांसदद्वयले आफूहरू राजनीतिक प्रतिशोधको शिकार भएको आरोप लगाएका छन् । गम्भीर दुर्व्यवहारको आरोप लागेका सांसदलाई सजाय दिन आरक्षित कानुनलाई राजनीतिक हतियारको रुपमा प्रयोग गरेर आफूहरूलाई निष्काशन गरिएको उनीहरूको दाबी छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ३ : ०५ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ