मुगुमा १५४ जना मोतिविन्दु पीडितको निःशुल्क शल्यक्रिया « Khabarhub

मुगुमा १५४ जना मोतिविन्दु पीडितको निःशुल्क शल्यक्रिया


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ ।

यही चैत १५ देखि १७ गतेसम्म छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो । आँखा परीक्षण गराएका बिरामीमध्ये मोतिविन्दु देखिएका ६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले जानकारी दिए ।

त्यस्तै, मुगुकै खत्याड गाउँपालिकामा चैत २० देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चार सय ७१ जनाको आँखा जाँच गर्दा मोतिविन्दु देखिएका ८७ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । जसमा दुई जनाको सामान्य शल्यक्रियासमेत गरिएको थियो ।

दुई वटा शिविरमार्फत तीन सय ८४ जना बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।

नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रले हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आइकेयर फाउन्डेसनको विशेष सहयोगमा शिविरहरु आयोजना गरिएको थियो ।

नेपाल नेत्रज्याति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा एक सय ५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरुमार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ४२ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण