सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउछौँ : मन्त्री शर्मा « Khabarhub

सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउछौँ : मन्त्री शर्मा


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै ठाउँमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबारे उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाएका छिन् ।

मन्त्री शर्माले भनिन्, ‘देशमा टेलिफोन र  सूचना प्रविधिको गुणस्तरीय सेवा पुर्‍याउन अझै चुनौती छ, मोबाइललगायत सर्भरमा आएको समस्या हटाउँदै सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि प्रयास भइरहेको छ ।’

अहिले पनि मुलुकका मुख्य राजमार्गका कतिपय स्थानमा टेलिफोन सेवाको सहज पहुँच नभएको उल्लेख गर्दै उनले राजमार्गमा देखिएका समस्या छिटो समाधान गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिएकी छिन् ।

काठमाडौँ उपत्यकालगायत कतिपय सहरी क्षेत्रमा घरधनीले टावर राख्न नदिएका कारण टेलिफोन सेवा विस्तारमा चुनौती देखिएको बताउँदै मन्त्री शर्माले सरोकारवाला पक्षसँग छलफल गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याइने बताएकी छिन् ।

मन्त्रालयका काम कारबाही र विधेयकसँग जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै उनले नयाँ बन्ने कानूनमा पनि कसैको फोन टेप गर्ने प्रावधान नराखिने स्पष्ट पारिन् ।

उनले भनिन्, ‘राष्ट्रहित र कानुनभन्दा बाहिर गएर कुनै काम गरिने छैन । दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ, पुराना कानुन हटाएर नयाँ कानूनको मस्यौदा निर्माण गर्ने क्रममा सरोकारवालालाई बोलाएर सल्लाह र सुझाव लिनेछौँ ।’

हुलाक सेवालाई पुनः संरचना गर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले सबै पक्षमा काम गर्दा कानून र नियममा टेकेरमात्र गर्ने स्पष्ट पारेकी छिन् । उनले आमसञ्चार, सूचना प्रविधि, चलचित्र, टेलिकमलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नयाँ कार्यक्रमको दायित्वलाई व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय सक्षम रहेको बताएकी छिन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ४७ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

गण्डकी– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

कोलम्बो- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र