भक्तपुरमा मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी | Khabarhub Khabarhub

भक्तपुरमा मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न स्थानमा पाइपलाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइपलाइन विस्तार तथा जडान कार्य गर्न अनुमानित खर्च हुने बजेट नगरपालिका र खानेपानी लिमिटेडले व्यहोर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती, च्याम्हासिंहबाट सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, अन्य विभिन्न स्थानमा पाइप बिछ्याउने कार्यमा नगरपालिकाद्वारा गरिने खर्च रकमलाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहलसमेत गरिने भएको छ ।

पाइपलाइन विस्तारकार्य गर्ने क्रममा सडक, खानेपानी, ढलको पाइप लाइन एवं अन्य कार्यको खर्च नगरपालिकाबाट व्यहोरिने र कामको गुणस्तर कायम गर्न प्राविधिक सहयोग खानेपानी लिमिटेडबाट गरिने विषयमा समझदारी भएको छ ।

नगरप्रमुख प्रजापति, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : २९ बजे

यस वर्षको मनसुन बाहिरिन सुरु, केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा – प्राकृतिक सौन्दर्य र वीरताको गाथाले मात्र होइन बारपाकको

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार सन्

चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार