पाकिस्तानमा पृथकतावादी नेता पक्राउ « Khabarhub

पाकिस्तानमा पृथकतावादी नेता पक्राउ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी गुप्तचर निकायले बलुचिस्तान प्रान्तमा पृथकतावादी गतिविधि गर्दै आएको एक सङ्गठनका संस्थापक नेतालाई पक्राउ गरेको छ ।

पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेशनलिस्ट आर्मी (बीएनए) का संस्थापक नेतालाई पक्राउ गरिएको हो ।

पाकिस्तानी सेनाको सञ्चार शाखा अन्तरसेवा सार्वजनिक सम्बन्ध आईएसपीआरका अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई पक्राउ गरिएको हो ।

बीएनएले सुरक्षा निकायलाई लक्षित गरी बारम्बार घातक आक्रमण गर्दै आएको छ । शम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा पृथकतावादी गतिविधि नियन्त्रणमा सहयोग पुग्ने आईएसपीआरले उल्लेख गरेको छ ।

शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आईएसपीआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ ।-

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : २३ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना