चीनको साङ्घाईमा जनसङ्ख्या घट्दै « Khabarhub

चीनको साङ्घाईमा जनसङ्ख्या घट्दै


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको साङ्घाई सहरमा जनसङ्ख्या घट्दै गएको पाइएको छ । साउथ चाइना मर्निङ पोेस्टका अनुसार गत वर्ष पनि उक्त सहरको जनसङ्ख्या घटेको हो ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा साङ्घाईको जनसङ्ख्यामा १ लाख ३५ हजार ४ सयले गिरावट आएको हो । सन् २०२२ मा साङ्घाईको कुल जनसङ्ख्या २ करोड ४७ लाख ६० हजार रहेको जनाइएको छ ।

सन् २०१५ यता साङ्घाईको जनसङ्ख्या तीन पटक घटेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । सहरका स्थायी बासिन्दाको सङ्ख्यामा केही वृद्धि भएपनि रोजगारीका लागि आएका मानिसहरुले सहर छाडेपछि जनसङ्ख्या घटेको बताइएको छ ।

चीनले लागू गरेको शून्य कोभिड नीतिका कारण रोजगारीका लागि आएका मानिसहरुले सहर छाडेको विश्लेषण गरिएको छ । गत वसन्त ऋतुमा सहरमा दुई महिना लामो लकडाउन लागू भएको थियो ।

पछिल्ला केही समययता सहरको जनसङ्ख्यामा २ करोड ४५ लाख र २ करोड ४९ लाखबीच उतारचढाव हुँदै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  २ : ४२ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना