विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव बैरागी « Khabarhub

विदेशी पर्यटक आकर्षणका लागि रणनीतिक आवश्यक : मुख्यसचिव बैरागी


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुख्य सचिव शङ्करदास बैरागीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्।

उक्त प्रयोजनका निम्ति निजी क्षेत्र र सरकारको प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको उनले उल्लेख गरे । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ अन्तरक्रियामा उनले अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रलाई चलायमान बनाउन विदेशी पर्यटक आकर्षणका लागि सम्भाव्य गन्तब्य बजारमा प्रभावकारी प्रवद्र्धन गरिनुपर्ने बताए ।

“निजी क्षेत्रलाई साथमा लिएर मात्रै पर्यटन विकास गर्न सकिन्छ, त्यसका लागि क्षेत्रगत रणनीतिका साथ अघि बढ्नुपर्छ”, मुख्यसचिव बैरागीले भने, “पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा अन्तर्राष्ट्रिय बजारमा जाऔँ, छिन्न, भिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेको खण्डमा परिणाम निस्कन्छ ।”

मुख्यसचिव बैरागीले नेपालको पर्यटन ‘नेचर र कल्चर’ मा आधारित रहेकाले यसैलाई ब्राण्डिङ र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । उनले भने, “पर्यटनको ब्रान्डिका लागि समय सापेक्ष नयाँ अवधारणा आवश्यक छ । नेपालको राष्ट्रगानले सबै क्षेत्रलाई समेटेको छ, यसलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ । कुन तौर र तरिकाबाट गर्न सकिन्छ त्यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”

मुख्यसचिव बैरागीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को गरिमा र मर्यादालाई कायम राख्दै यसको भविष्यलाई सुनिश्चित गर्न कसरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर जान सकिन्छ भनेर आन्तरिक छलफल भइरहेको जानकारी दिए । उनले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ (इयू) ले लामो समयदेखि राखेको सुरक्षा सूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक बनाएर संरचनागत सुधार जरुरी रहेको औँल्याए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रियाअघि बढेको बताए। उनले अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए ।

नेपाल सरकारका उच्च अधिकारी तथा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले विस्तारै चलायमान बनिरहेको पर्यटन बजारलाई थप गतिशील बनाउन प्रभावकारी योजनाबद्ध कार्यक्रक ल्याइनुपर्ने खाँचो औँल्याए ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्