भारतको मणीपुरको हिंसामा परी ५४ जनाको मृत्यु  « Khabarhub

भारतको मणीपुरको हिंसामा परी ५४ जनाको मृत्यु 


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– मणिपुरमा भड्किएको हिंसामा परी अहिलेसम्म ५४ जनाको ज्यान गएको छ ।  

५४ जना मृतक मध्ये १६ जनाको शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव जवाहरलाल नेहरू चिकित्सा विज्ञान संस्थान, इम्फाल पूर्वमा राखिएको पीटीआईले जनाएको छ । ती शवहरू इम्फाल पूर्व र पश्चिम, चुराचन्दपुर, बिशेनपुरलगायत जिल्लाबाट ल्याइएको बताइएको छ ।

यसबाहेक इम्फाल पश्चिमको लाम्फेलस्थित क्षेत्रीय चिकित्सा विज्ञान संस्थानले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्थिति नियन्त्रण गर्न सेना र असम राइफलका करिब १० हजार सिपाही राज्यमा तैनाथ गरिएका छन् । पीटीआईका अनुसार दुई समुदाय बीचको हिंसात्मक झडपमा धेरै व्यक्तिको मृत्यु भएको हुन सक्ने जनाईएको छ, सयभन्दा बढी घाइते हुन पुगेका छन् । यद्यपि प्रहरी भने यो कुरा पुष्टि गर्न तयार छैन ।

गोली लागेर घाइते भएका धेरैको रिम्स र जवाहरलाल नेहरू चिकित्सा विज्ञान प्रतिष्ठानमा पनि उपचार भइरहेको छ । हिंसा नियन्त्रण गर्न सेना, र्‍यापिड एक्शन फोर्स र केन्द्रीय प्रहरी बलको थप फौज मणिपुर पठाइएको छ।

मणिपुर नरसंहारमा मृत्यु हुनेको संख्या ५४ पुगेको अधिकारीहरूले बताए पनि अनौपचारिक स्रोतहरूले यो संख्या धेरै हुने सक्ने जनाएका छन् । त्यहाँको इन्टरनेट काटिएका कारण जारी हिंसामा के कतिको ज्यान गयो, त्यसको स्वतन्त्र पुष्टि भने अझै हुन सकेको छैन । 

साथै, जारी हिंसालाई नियन्त्रण गर्नका लागि थप सेना, र्‍यापिड एक्सन फोर्स र केन्द्रीय प्रहरी बलको बलियो सुरक्षा उपस्थितिले सबै प्रमुख क्षेत्र र सडकहरुलाई भने नियन्त्रणमा लिईएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : २४ बजे

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप