रियल म्याड्रिड कोपा डेल रेको च्याम्पियन बन्यो  « Khabarhub

रियल म्याड्रिड कोपा डेल रेको च्याम्पियन बन्यो 


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । ओसासुनालाई २-१ ले पराजित गर्दै ९ वर्षपछि रियल म्याड्रिड च्याम्पियन बनेको हो । 

सेभियामा शनिबार राति भएको खेलमा ब्राजिली युवा विंगर रोड्रिगोले गरेको दुवै गोलको मद्दतले रियलले च्याम्पियनसिप हुन सफल भएको हो ।

खेल सुरु भएको पहिलो १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । यति छोटो समयमा गोल भएको यो पहिलो रेकर्ड पनि हो । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि मात्रै यति छिटो गोल हुन सकेको थियो । र, पहिलो हाफको खेल १-० मा नै टुंगिन पुगेको थियो । 

दोस्रो हाफको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाए । तर, ७०औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाउन सफल भए, सोही गोलले नै रियललाई केपा डेल रेको च्याम्पियन बनाउन मद्दत पुग्यो । 

रियलले यसअघि अन्तिम पटक सन २०१४ कोपा डेल रेको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ३४ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार