सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी « Khabarhub

सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । शनिबार राति भएकोइङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलको १३औं मिनेटमा गोल गर्दै सालाहले घरेलु टिमलाई अग्रता दिलाएका थिए। भर्जिल भान्डाइकले पासलाई सदुपयोग गर्दै सालाहले पहिलो हाफमा नै  १-० को अ अग्ता कायम गराउन सफल भए । 

त्यसपछि दुवै टिमबाट गोलका लागि अनवरत प्रयास गरे पनि कतैबाट पनि गोल हुन सकेन । अन्ततः खेल १-० मा नै टुंग्याउँदै लिभरपुल बिजयी भयो । 

लिग तालिकाको पाँचौं स्थानमा रहेको लिभरपुलले यस जितसँगै ३५ खेलबाट ६२ अंक बटुलेको छ भने समान खेलबाट ५० अंकसहित ब्रेन्टफोर्ड नवौँ स्थानमा सीमित रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ४६ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ