मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु « Khabarhub

मनास्लु पदमार्ग पार गर्ने क्रममा भरियाको मृत्यु


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

गोरखा– लार्केपास गर्ने क्रममा विदेशी पर्यटकसँग गएका भरियाको ज्यान गएको छ। मनास्लु पदमार्ग हुँदै लार्केपास गरी मनाङतर्फ निस्कने क्रममा अत्याधिक हिमपातका कारण बिरामी परेका भरिया प्रकाश दवाडीको ज्यान गएको हो।

नीलकण्ठ नगरपालिका–११ धादिङका २० वर्षीय दवाडी यही वैशाख १८ गते ज्यान गएको प्रहरीले जनाएको छ। बहराल एडभेन्चर प्रालिबाट पोर्टरका रूपमा लार्के पास गर्न गएका दवाडीको शनिबार मृत्यु भएको डीएसपी लिलाराज लामिछानेले बताए।

५००६ मिटर उचाइ रहेको सो ठाउँमा बिरामी परेका उनी भारी हिमपात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। सबै यात्रुबाट एक्लिएका उनको शव शनिबार लार्के भन्ज्याङ नजिकै भेटिएको डीएसपी लामिछानेले बताए।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको