५४ तोला सुन र ८ केजी चाँदीसहित तीनजना पक्राउ « Khabarhub

५४ तोला सुन र ८ केजी चाँदीसहित तीनजना पक्राउ


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । 

विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेका खुलेको छ । 

उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए । तर, उनीहरूलाई प्रहरीले अवैध सुनचाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ५२ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले