काठमाडौं– तिम्रो यादमा बोलको गजलको भिडियो रिलिज गरिएको छ । मनोरथ कटेल नन्दुको शब्द रहेको गजलमा योगेश काजी शाहको स्वर रहेको छ । गायक स्वयंकै संगीत तथा एरेन्ज रहेको सार्वजनिक गजलले प्रेम वियोगमा एउटा प्रेमी मनले भोगेको विरहलाई केलाएको छ ।
पवन विकको मिक्सिङ र मास्टरिङ रहेको गजलमा गायक स्वयं नै फिचर्ड छन् । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोको छायांकन निर्देशक स्वयंले गरेका हुन् भने भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् ।
अमेरिकामा रहेका गीतकार नन्दुका यसअघि आमा र कहाँ पुगे साथीभाइ बोलका दुई वटा गीतहरू बजारमा आइसकेका छन् । गीतकार ‘नन्दले गजलका अलावा, गीत, कविता लेख्न रुचाउँछन् ।













प्रतिक्रिया